नेसनल क्यापिटल अनर अवार्डको नवौं संस्करण वैशाखमा हुँदै

काठमाडौं । सृजनशील कार्यमा लागेका एवं समाजलाई योगदान पुर्‍याएका विभिन्न विधाका व्यक्तिहरूलाई नेसनल क्यापिटल अनर अवार्ड प्रदान गरिने भएको छ। मिडिया इन्टरनेसनल, क्यापिटल इन्टरटेन्मेन्ट, बिजनेस स्टुडियो लगायतका संघसंस्थाहरूको संयुक्त आयोजनामा उक्त अवार्ड आयोजना गरिनेछ ।

विगत ९ वर्षदेखि सञ्चालन हुँदै आएको नेसनल क्यापिटल अनर अवार्डको यो नवौं संस्करण हो। आगामी वैशाख ४ गते काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी नवौं नेसनल क्यापिटल अनर अवार्ड प्रदान गरिने भएको छ।
यस अन्तर्गत नेपाली चलचित्र विधा, सांगीतिक विधा, आधुनिक गीत संगीतको विधा, लोकगीत संगीतको विधा, पप गीत संगीतको विधा, लोक दोहोरी साङ्गीतिक विधा, पप आधुनिक सांगीतिक विधा, ¥याप आधुनिक संगीतको विधा, मनोरञ्जन क्षेत्रभित्रका विधाभित्र परेका छन्।

यस्तैगरी बहुसांगितिक, बहुसांस्कृतिक र बहुभाषिक क्षेत्रका साहित्यकार, संगीतकार तथा विभिन्न कलाकारहरुलाई पनि यस अवार्डमा सहभागी गराइनेछ । यसका अतिरिक्त युवा उद्यमी, कृषि उद्यमी, निर्माण, उपकरण, शैक्षिक संस्था, स्वास्थ्य संस्था, वैदेशिक रोजगार, मेसिनरी, उत्पादन तथा खेलकुद, राष्ट्रसेवक तथा समाजसेवाको विधामा उत्कृष्ट कार्य गर्ने विभिन्न व्यक्तिहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *