युवाहरुलाई उद्यमशीलतामा जागरुक बनाउन संचालनमा आयो विजेस स्टुडीयो

काठमाडौं । आर्थिक विकास र उद्यमशीलताका बारेमा नेपालमा भएका सम्भावनालाई उजागर गर्ने उद्देश्यले विजनेस स्टुडीयोको शुभारम्भ भएको छ ।

काठमाडौंमा आयोतिक एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवि नेपालले सो को उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल निर्माण उद्योग परिषदका अध्यक्ष बलिभद्र राना, नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष विदुर धमला, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे पहिलो अन्तरक्रिया शेशनका बक्ता थिए । युवाहरुलाई आर्थिक जागरण गराउने, नेपालमै उद्यमशीलताको विकास गराउन सम्बन्धित क्षेत्रसँग पहल गर्ने, आर्थिक सम्भाव्यतालाई खोजि गर्ने एवं लगानीको वातावरण बनाउन सम्बन्धित निकायसँग सहकार्य गर्नेगरी विजनेस स्टुडीयो संचालनमा ल्याइएको बताइएको छ ।

उद्घाटन कार्यक्रममा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष, राष्ट्रिय व्यापार संघका उपाध्यक्ष बैकुन्ठ दाहालको उपस्थिति थियो । सो अबसरमा नेपाल कफी व्यबसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरे, जनआन्दोलनका घाइते मेघराज आचार्य, हर्वल उद्यमी शोभाकान्त बस्याल, महिला उद्यमीहरु एलीसा शाह, बविता पाण्डे, आयूषा श्रेष्ठ, कृपा कंडेल तथा बरिष्ठ व्यबसायी प्रकाश गजुरेल, बैकुन्ठ कालीकोटे, भूवन दाहाल, दिपेन्द्र शाह, अर्जुन कार्की, संजय यादव, पुकार पुरी, विराज श्रेष्ठ, राजकुमार चालीसे, पूर्व बैंकर रमेश शर्मा, आइटी उद्यमी बद्री प्रसाद रिमाल लगायतले सहभागिता जनाई शुभकामना दिएका थिए । टीभि कार्यक्रम प्रस्तोता शुभेक्षा रेग्मीलाई विजनेस स्टुडीयोले कार्यक्रम प्रस्तोताका रुपमा अनुवन्धित गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *