राष्ट्रिय सभामा नेकपाको नेतृत्व भुसालको हातमा।

हिमाल हब / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन्। आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई सर्वसम्मत रूपमा दलको नेता नियुक्त गरेको हो।

यसअघि दलका नेता रहेका नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि रिक्त रहेको पदमा भुसाललाई नियुक्त गरिएको नेकपाले स्पष्ट गरेको छ।

उक्त बैठकले प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई जिम्मेवारी दिएको छ। संसदीय गतिविधि प्रभावकारी बनाउने, पार्टीको धारणा सदनमा प्रस्तुत गर्ने र सांसदहरूबीच समन्वय गर्ने जिम्मेवारी उनीहरूलाई दिइएको पार्टीले जनाएको छ।

अनुभवी नेता भुसाल राष्ट्रिय सभा सदस्यका रूपमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् भने पार्टी संगठन र संसदीय अभ्यासमा उनको अनुभवलाई मध्यनजर गर्दै नेतृत्वको जिम्मेवारी दिइएको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *