वैदेशिक रोजगारीमा जाने नेपालीहरु फेरि बढे !

हिमाल हब / पुस महिनामा ३१ हजार ७ सय ५० जना नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घटेको वैदेशिक रोजगार यात्रा पुनः बढ्न थालेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २७ हजार ५ सय ३० जना पुरूष र ४ हजार २ सय २० जना महिला रहेका छन् । सोही अवधिमा ३० हजार ८ सय ९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । मंसिर महिनाको तुलनामा पुसमा २ हजार १ सय ३२ जना बढी श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *