जेन–जी आन्दोलनपछि निजी क्षेत्रको मनोबल कमजोर।

हिमाल हब / भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनका क्रममा राज्यलाई अर्बौँ रुपैयाँको क्षति पुगेको छ भने यसको प्रत्यक्ष असर निजी क्षेत्रमाथि पनि परेको छ। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पछिल्लो घटनाक्रमले उद्योगी–व्यवसायीको मनोबल कमजोर बनेको बताएका छन्।

उनका अनुसार यस्तो अवस्थाले निजी क्षेत्रलाई थप निरुत्साहित बनाएको छ। निजी क्षेत्रको पुनरुत्थानका लागि राज्यले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिँदै राठीले भने, राज्यबाट आवश्यक सहजीकरण नभए नयाँ लगानी भित्रिने सम्भावना न्यून हुने र विद्यमान पुँजीसमेत पलायन हुने जोखिम बढ्नेछ। यसप्रति सरकार गम्भीर भएर पहल गर्न आवश्यक रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *