बरिष्ठ बैंकर भरत ढकालको उमेदवारीले स्याङजामा जगाएको आशा !

हिमाल हब / देशलाई आर्थिक सक्षम बनाउनका लागि समृद्ध बनाउनका लागि हरेक नागरिकको जीवनस्तर उठाउन जरुरी छ। त्यसका निम्ति अर्थतन्त्र बुझेका नेपालमा भएका सम्भावनाहरूलाई उद्यमशीलताका माध्यमबाट अगाडि बढाउन सक्ने सक्षम नेतृत्व नै आजको आवश्यकता हो। धेरैजसो राजनीति गर्ने नेता अग्रज या नयाँ पुस्ता अधिकांश बेरोजगार भएका कारणले राजनीतिमा प्रवेश गरेको देखिन्छ। अझ कतिपय त लहडमा सामान्य चर्चा पाएका आधारबाट चुनावमा होमिएका छन्। समाज र देशलाई समृद्ध बनाउनका लागि लहडमा भन्दा पनि क्षमता भएका, विकासमा अग्रगामी छलाङ मार्न सक्ने व्यक्तिहरू नेतृत्व तहमा पुग्न जरुरी छ। भरत ढकाल व्यवसायिक कृषि, वित्तीय साक्षरता, वित्तीय चेतना अभिवृद्धिका समेत अभियन्ता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *