नयाँ भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा !

हिमाल हब / राजधानीमा आयोजित अन्तर्राष्ट्रिय भन्सार दिवससम्बन्धी कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले भन्सार प्रणालीलाई व्यवस्थित बनाउँदै निजी क्षेत्रका लागि प्रक्रिया सहज बनाउने लक्ष्यसहित नयाँ ऐन ल्याइएको जानकारी दिए।

उनले सरकारले भन्सार ऐनलाई प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाउँदै नियमावली स्वीकृत गराउने प्रक्रिया अघि बढाइएको बताए। सम्भव भएसम्म सो नियमावली आजै मन्त्रिपरिषद्को छलफलमा पुग्ने उनले उल्लेख गरे ।

अर्थमन्त्री खनालले नयाँ भन्सार ऐन अब छिट्टै व्यवहारमा लागू हुने बताएका छन्। ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली नबन्दा देखिएको अवरोध हट्ने क्रममा रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *