हिमाल हब / नेपाली कांग्रेस कञ्चनपुरले सामाजिक सञ्जालमा विपक्षी दलका उम्मेदवारको पक्षपोषण हुने गरी अभिव्यक्ति नदिन नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
‘पार्टीका उम्मेदवारहरू बाहेकका अन्य उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै पनि प्रचार–प्रसारजस्ता कार्यहरू नगर्न र कुनै किसिमका अभिव्यक्ति नदिन हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्ताहरूलाई उम्मेदवारको पछि नलागेर आ-आफ्नो वडामा केन्द्रित भएर सक्रिय हुन पनि अनुरोध गरेको छ। आवश्यकता परेर अन्यन्त्र वडा क्षेत्रमा जानु पर्ने भए पार्टीलाई जानकारी गरएर मात्रै जान पनि भनिएको छ।
