समयमै काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा।

हिमाल हब / प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ।

सार्वजनिक सूचना अनुसार पिएनडि शेर्पा कन्स्ट्रक्सन, पवित्र मल्टिपल कन्स्ट्रक्सन, ओम गणेश निर्माण सेवा, च्यांगरासी निर्माण सेवा, डीपी कँडेल निर्माण सेवा, पृथ्वी निर्माण सेवा, हिमदुंग एण्ड थोकर, हिरा एण्ड नमिता जेभी, हिमदुँग एण्ड थोकर कन्स्ट्रक्सन, पूजा कन्स्ट्रक्सन, चितवनको चिता एण्ड सल्लेरी एसोसिएसन, सियोन निर्माण सेवालगायतका कम्पनीहरुलाई सरकारले एक वर्षको लागि कालोसूचीमा राखेको छ ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *