पश्चिम एसियाको तनावप्रति नेपालको चिन्ता, शान्तिसैनिकको सुरक्षामा जोड

हिमाल हब / पश्चिम एसियामा बढ्दो तनावबीच नेपालले संयुक्त राष्ट्रसङ्घका शान्तिसैनिकहरूको सुरक्षामा जोड दिएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौज (युनिफिल) का शान्तिसैनिकहरूको सुरक्षा सुनिश्चित गर्न नेपालले आग्रह गरेको हो।

दक्षिणी लेबननमा हालै भएको आक्रमणमा तीन जना शान्तिसैनिक घाइते भएपछि नेपालले उक्त घटनाको निन्दा गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै सबै पक्षलाई संयम अपनाउन र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न पनि आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *