हिमाल हब / स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा इन्धनको मूल्य बढेको छ। विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको भूराजनीतिक तनावका कारण मूल्य वृद्धि भएको हो।
जसले गर्दा जीवनयापनको लागत बढ्ने भन्दै जनमानसमा चिन्ता छाएको छ। दुई हप्ताअघि डिजेलको मूल्य प्रतिलिटर करिव १.५७ युरो थियो । तर, अहिले बढेर १.८५ युरो पुगेको छ। जुन झन्डै ३० सेन्टको वृद्धि हो।
