हिमाल हब / अमेरिकाको सेन्ट्रल कमान्डले शुक्रबार जनाएअनुसार फागुन २८ गते पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको अमेरिकी सैन्य इन्धन भर्ने विमानमा सवार ६ जना चालक दलका सदस्यमध्ये चारजनाको मृत्यु पुष्टि भएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले यो दुर्घटना शत्रुको आक्रमण वा आफ्नै सेनाको भूलवश प्रहारबाट नभएको स्पष्ट पारेको छ।
अमेरिका र इजरायलले इरानविरुद्ध आक्रमण सुरु गरेयता क्षति भएको यो चौथो अमेरिकी विमान हो। सुरुमा कुवेतको हवाई रक्षा प्रणालीले भूलवश प्रहार गर्दा अमेरिकी वायुसेनाका तीनवटा लडाकु विमानहरू खसेका थिए। ती विमानका सबै चालक दलका सदस्यहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।
