नेपालले भारतबाट विद्युत् आयात जारी राख्ने

हिमाल हब / नेपाल र भारतबीच आगामी एक वर्षका लागि विद्युत् आयात गर्ने विषयमा सहमति भएको छ। नेपाल विद्युत् प्राधिकरणको अनुसार भारतले उत्पादन लागत बढेको कारण देखाउँदै दर बढाउन प्रस्ताव गरेको थियो। नेपाल पक्षले भने बजार अध्ययनका आधारमा दर स्थिर राख्नुपर्ने धारणा राखेको थियो। विस्तृत छलफलपछि अन्ततः गत वर्षकै दरमा १.५ प्रतिशत मात्र वृद्धि गर्ने सहमति भएको छ।

नयाँ दरअनुसार :

  • १३२ केभी लाइन : प्रति युनिट रु. ८.२२
  • ३३ केभी लाइन : प्रति युनिट रु. ८.९१
  • ११ केभी लाइन : प्रति युनिट रु. ९.५५

प्राधिकरणका अनुसार यो सहमतिले आगामी चैत र वैशाख महिनामा पर्ने सुख्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउने अपेक्षा गरिएको छ। हाल नेपालले दैनिक करिब १२ देखि १४ हजार मेगावाट घण्टा विद्युत् आयात गरिरहेको छ, र माग बढेमा आयात अझ बढ्न सक्ने अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *