बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पछिल्लो समय सिमेन्ट, रड जस्ता उद्योग फस्टाइरहेको भन्दै यसले बैंकहरूमा ऋणको माग बढाएको बताएका छन् । उनले यो माग अर्थतन्त्रलाई चलायमान बनाउन सकारात्मक मान्नुपर्ने बताए ।
नेपाल राष्ट्र बैंकमा सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको पनि स्पष्ट पारे ।
