वायु सेवा निगममा निजीस्तरको लगानी भित्र्याउ : सांसद भट्टचन(भिडियो)

काठमाडौं । नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगममा स्पष्ट योजनासहित स्वदेशी पुँजी परिचालन गर्न सकिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद भट्टचनले २५ अर्ब रूपैयाँ स्वदेशमै जुटाउन सकिने बताए ।

उनले भने, ‘निगमले चाहेजस्तो लगानी गर्न विदेशी कम्पनी लगानी गर्न आउँदैन, विदेशी लगानी ल्याउने कुरा समय बिताउने खेल मात्र हुन्छ । नेपालका विभिन्न संस्था लाइफ इन्स्योरेन्सले यति एयरमा हालै मात्र १ अर्ब ८० करोड लगानी गरेका छन् । बीमा कम्पनीले मात्र २०÷२५ अर्ब लगानी गर्न सक्छन् ध्यान दिनु होला ।’

सांसद भट्टचनले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ल्याएको ऋणलाई इक्विटीमा परिणत गर्न सरकारले नीतिगत निर्णय गर्न सकिने समेत बताए ।

निगमलाई प्राइभेट पार्टनरसीपमा सञ्चालन गर्न सकिने पनि उनले बताए । ‘निजी कम्पनीले हप्ता दिनमा आवश्यक पाटपूर्जा ल्याएर काम गर्छ, सरकारी कम्पनीले खरिद ऐनको प्रक्रिया पूरा गर्दा ९० दिन लगाउँछ । त्यसैले निगमलाई निजीकरण गर्नेतर्फ लाग्नुस्’, उनले भने ।

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *