चर्चामा रहेको फिल्म कार्साङले मार्ला त बाजी ?

फिल्म ‘कार्साङ’ को बिग मुभिजमा प्रिमियर गरिएको छ । चलचित्रकर्मी तथा रंग पत्रकार माझ फिल्मको प्रिमियर गरिएको हो । ‘कार्साङ’ लाई धेरैले अपेक्षाकृत मुभि भनेका छन् । शेर्पा समुदायको मौलिक कथा भन्ने फिल्मले उनीहरूको संस्कार र संस्कृति देखाउन खोजिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, वसन्त निरौला, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, हास्य कलाकार किरण केसी रातामकै, कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनाली लगायत कलाकर्मी फिल्म हेर्न प्रिमियरमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *