निर्देशक विनोद पौडेलको दोस्रो फिल्म भूठान ले आगामी वर्षको बैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो फिल्मको अंग्रेजी नाम ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ राखिएको हो । यसको अर्थ संसारकै सबैभन्दा खुसी व्यक्ति भन्ने हुन्छ । मुख्य कलाकार हरिवंश आचार्य छन् भने उनीसँगै दयाहाङ राई यसमा मुख्य भूमिकामा छन् । दयाहाङ अमेरिकी आर्मीको पोशाकमा चित्रित छन् । निर्देशक पौडेल स्वयंको लेखन रहेको फिल्ममा अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा विनोद पौडेल, अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताव जोशी, सशांक मैनाली र किर्तना बाँस्कोटा छन् ।
हरिवंशको फिल्म फिल्म भूठान आगामी बैशाख १२ गते प्रदर्शनीमा आउने
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80
