भारतीय बक्सअफिसमा सर्वकालीन धेरै कमाउने भारतीय फिल्म ‘पुष्पा २’ बनेको छ । यसले सर्वाधिक ग्रस कलेक्सन गर्ने ‘बाहुबली २’को कीर्तिमानलाई उछिनेको छ । शनिबार एकैदिन यो फिल्मले भारतीय बक्सअफिसमा ६ करोड भारु कमाएको छ । भारतीय फिल्मा सबैभन्दा धेरै कमाउने फिल्महरु यस्ता छन् । पुष्पा २ ले १३५२ करोड भारु कमाएको छ ३२ दिनमा भने यसले अझै कमाउने दावी गरिएको छ । बाहुबली २ ले १३४७ करोड भारुकमाउँदा दंगलले ५११ करोड भारु कमाएको छ । बाहुबली–ले ४८१ करोड भारु कमाउँदा पिकेले ४५० करोड भारु कमाएको छ । यस्तै धुम ३ ले ३६० करोड भारु कमाउँदा चेन्नइ एक्सप्रेसले २८३ करोड भारु कमाएको छ । यसबाहेक चेन्नइ एक्सप्रेस, थ्री इडियट्स, गजिनी पनि धेरै कमाउनेमा छन् ।
पुष्पा २ भारतीय बक्सअफिसमा सर्बाधिक धेरै कमाउने भारतीय फिल्म बन्यो
