धरौटी बुझाएर ८४ दिनपछि हिरासत मुक्त भए रवि

काठमाडौं । ६५ लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेर ८४ दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो।

तर, उनीमाथि वित्तीय अपराध कायमै हुने भएको छ। अदालतमा परेको मुद्दाको अन्तिम फैसला आउन बाँकी भएकाले उनी आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *