माघमा कुन बैंकले कति प्रतिशत दिन्छन् ब्याज ?(सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार, ३ वाणिज्य बैंकले मात्रै निक्षेपको ब्याजदर परिवर्तन गरेका छन्। २० वाणिज्यमध्ये १७ बैंकले पुस महिनाको निक्षेपको ब्याजदर नै निरन्तरता दिएका छन्।

व्यक्तिगत खातातर्फ नेपाल एसबीआई बैंक र कृषि विकास बैंकले ब्याजदर घटाएका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको छ। संस्थागततर्फ भने एसबीआई र नेपाल बैंकले घटाउँदा सिटिजन बैंकले बढाएको छ।

वाणिज्य बैंकहरूले कात्तिक महिनासम्म लगातर निक्षेपको ब्याजदर घटाएकोमा मंसिरबाट स्थिर रहेको छ। पुसको तुलनामा माघमा अधिकांश बैंकले दरमा परिवर्तन गर्न सकेनन्।

नेपाल एसबीआई बैंकले व्यक्तिगत खातामा मुद्दती निक्षेपमा ६ प्रतिशत दिँदै आएकोमा ०.५ प्रतिशतले घटाएको छ। कृषि विकास बैंकले निक्षेपको अधिकतम ब्याजदर ५.५७ प्रतिशत रहेकोमा ५.५१ प्रतिशतमा झारेको छ।

लक्ष्मी सनराइज बैंकले भने मुद्दतीमा ५.५ प्रतिशत ब्याज दिने गरेकोमा अब ०.२५ प्रतिशत बढाएको छ। बैंकहरूले अहिले मुद्दतीमा ५.५ देखि ६.६ प्रतिशतसम्म ब्याज दिने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *