होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउँछौँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउन सरकारले काम गरिरहेको बताए।

बुधवार काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले सरकारले होटललाई इण्डस्ट्रीको रुपमा बुझेको र सोहीअनुसार काम अघि बढाइरहेको बताए ।

उनले होटलको विकाससँगै पर्यटन क्षेत्र पनि चलायमान बन्ने बताए। उनले अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेल स्थापनाले नेपालमा होटल इण्डस्ट्रीको विकासक्रम अघि बढेको प्रमाण भएको बताए ।

उनले भने, ‘हामीले होटललाई इण्डस्ट्रीको रुपमा बुझेका छौँ र इण्डस्ट्रीको रुपमा यसलाई सुरक्षा र यसको विकासमा मद्दत गर्नुपर्छ भन्नेकुरा पनि हामीले बुझेका छौँ । यसबाट हाम्रो टुरिजम सेक्टर लगायतका कुराहरु अघि बढ्नेछन् । यसले हाम्रो विश्व सम्बन्धमा विभिन्न ढंगले सकारात्मक प्रभाव पार्नेछ । यो होटल स्थापनाको अर्थ एउटा होटल स्थापनाको क्रममा एउटा होटल बढ्यो भन्ने मात्रै होइन । यसले नयाँ सिलसिला शुरु गरेको छ । नेपालमा होटल इण्डस्ट्रीको विकासक्रम अगाडि बढ्छ भन्नेकुराको अझ बढी विश्वास दिलाएको छ । यसले होटल व्यवसाय, पर्यटन व्यवसायमा पनि वृद्धि हुनेछ ।’

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटनसँगै होटल व्यवसाय, पर्यटन व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *