आशिका तामाङ पक्राउ

काठमाडौं । अभियन्ता आशिका तामाङ पक्राउ परेकी छिन् । महानगरीय प्रहरी वृत्त गौशालाले अभद्र व्यवहारको निवेदनका आधारमा तामाङलाई पक्राउ गरेकाे हो ।

केही समय अघि,उनले सामाजिक सञ्जालमा आफूलाई पक्राउ गर्न प्रहरी आएको भिडियो राखेकी थिइन् । त्यसपछि भने उनी प्रहरीसँगै प्रहरी वृत्त गौशाला गएकी थिइन्।

पछिल्लो समय आशिकाले नेपालमा चर्चा बटुलिरहेकी छिन् । नेपालमा चौतर्फी बेतिथि रहेको र त्यो बेतिथिको भण्डाफोर गर्न भन्दै आशिका जर्मनीबाट नेपाल आएकी थिइन् । तामाङसहित उनको टिमले सार्वजनिक निकायमा भइरहेका बेतिथि र महंगीबारे प्रश्न उठाउँदै आएका थिए ।

केही दिन अघि मात्र अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा उनी पुगेकी थिइन्। साेही क्रममा त्यहाँका कर्मचारी र तामाङबीच वादविवाद भएको थियो । उक्त भिडियाेले सामाजिक संजाल समेत तातेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *