वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको छ । अधिवक्ता त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

बुधवार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि आक्रमण गरेका हुन् । अधिवक्ता त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *