‘भन्सार सम्बन्धी कानूनलाई सुधार होइन, फरक विकल्प दिनुपर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले भन्सार सम्बन्धी कानूनलाई सुधार गर्ने भन्दा फरक विकल्प दिने बेला भएको बताएका छन्।

बिहीबार अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञहरुसँग भएको छलफलमा उनले विज्ञहरु भएपछि १० लाई १५ गर्ने खालको सुधारभन्दा पनि ¥याडिकल विकल्प दिनुपर्ने बताए।

‘यसलाई सुधार गर्ने कुरा गर्दैगर्दा ७० वर्षदेखि चलेको प्रक्रिया पूरानो भयो। अलिकति फरक विकल्प दिनेबेला भएन र? तपाईहरु जतिको बुझेका मान्छेहरुले १० लाई १५, १७ लाई १९ जस्तो खालको सुधार उपयोगी होला तर र्‍याडिकल विकल्प दिने हो भने सजिलो हुन्थ्यो,’ उनले भने।

सांसद वाग्लेले कुनै सामान आयात गर्दा त्यसको शुल्क यति, भ्याट उति भनेर आयात गर्ने मानिसलाई ठ्याक्कै थाहा हुने हो भने सजिलो हुने बताए। कति लागतमा आयात गर्दा कति तिर्ने भन्नेकुरा थाहा हुनुपर्ने उनले उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *