हर्कको आग्रह-‘थोत्रे गाग्री’लाई संग्रहालयमा राख्नु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)ले आफूले धरानबाट काठमाडौं ल्याएको पुरानो गाग्रीलाई संग्रहालयमा राख्न आग्रह गरेका छन् ।

बुधवार फेसबुकमा एक स्टाटस लेख्दै साम्पाङले त्यो गाग्रीले करोडौँ नेपालीले बोल्न नसकेको बोली बोलेको भन्दै संग्रहालयमा राख्न अनुरोध गरेका हुन् ।

‘करोडौँ नेपालीहरूले बोल्न नसकेको बोली बोल्ने त्यो महान् थोत्रे गाग्रीलाई सलाम छ,’ हर्कले लेखेका छन्, ‘संग्रहालयमा राख्नु सम्हालेर त्यसलाई !’

साम्पाङ मङ्गलवार धरानका लागि खानेपानी आयोजनामा बजेट माग्दै थोत्रो गाग्री ल्याएर काठमाडौं पुगेका थिए। त्यहीँ गाग्री लगेर खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्न सिंहदरबार जाँदा सिंहदरबारको दक्षिण गेटबाट उक्त गाग्री प्रहरी खोसेर लगेको थियो। त्यसपछि गाग्री नलगेरै उनले मन्त्री यादवसँग भेटेका थिए ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूसँग भेट्न नमानेको भन्दै हर्कले आक्रोश पोखिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *