श्रीलंकाका पूर्वराष्ट्रपतिका छोरा भ्रष्टाचारको आरोपमा पक्राउ

एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा योशिथा राजापाक्षलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएपछि सोमबार देश छाड्न प्रतिबन्ध लगाइएको छ ।
योशिताविरुद्धको मुद्दा वर्षौं पुरानो हो, तर राष्ट्रपति अनुरा कुमारा दिसानायकेले चुनावमा शानदार जित हासिल गरेपछि यसलाई अनुसन्धान प्रक्रियामा अघि बढाइएको छ ।

शक्तिशाली राजापाक्ष परिवारका कैयौँ सदस्य र उनका निकट सहयोगीहरूमाथि वर्षौंदेखि भ्रष्टाचार र हत्यालगायत विभिन्न अपराधको आरोप लगाइएको छ । सन् २००५ देखि २०१५ सम्म आफ्ना पिता सत्तामा रहँदा घर खरिद गर्दा प्रयोग हुने आम्दानीको स्रोतबारे बताउन नसकेको प्रहरीले बताएपछि ३६ वर्षीय पूर्व जुनियर नौसैनिक अधिकारी योशितालाई यात्रा प्रतिबन्ध लगाइएको हो ।

उनलाई पक्राउ गरी दुई दिन हिरासतमा राखिएको थियो र सोमबार कोलम्बोका एक म्याजिस्ट्रेटले १० करोड भारु (तीन लाख ४४ हजार अमेरिकी डलर) को धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *