अध्यादेशबारे प्रधानमन्त्रीले दिए ७ बुँदे प्रष्टीकरण(पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समय अघि ल्याएका अध्यादेशबारे ७ बुँदे प्रष्टीकरण दिएका छन् । प्रतिनिधि सभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै ओलीले अध्यादेशबारे ७ बुँदे प्रष्टीकरण दिएका हुन् ।

सरकारले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत् संशोधन गरेको थियो ।
ओलीले अध्यादेशबाट यी कानुनलाई संशोधन गर्नुलाई ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *