काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको एउटा मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ भने तीन जना सामान्य छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरू पनि सोही पसलका कामदार रहेको बताए ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
