हलेसी बजारमा भएको आगलागीबाट तीन घर जलेर नष्ट

काठमाडौं । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको बजारमा भएको भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको स्थानीयले बताएका छन् ।

आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू भएको थियो । आगो २ घण्टापछि नियन्त्रणमा लिइएको थियो । हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईका अनुसार स्थानीय नागरिक, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रण्मा लिएका हुन् ।

स्थानीय पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आगो सुरु भएको थियो। पदम राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । राईको घरमा रहेको निर्धन उत्थान लघुवित्तको कार्यालय पनि जलेको छ । नजिकै रहेको प्रकाशचन्द्र गिरीको घरमा पनि क्षति पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *