लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा हुमागाईं निर्विरोध निर्वाचित

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा दुर्गा प्रसाद हुमागाईं निर्विरोध निर्वाचित भएका छन् । पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट सञ्चार उद्यमी हुमागाईंलाई डिष्ट्रिक्ट गभर्नरमा चयन गरिएको हो । सफल आवाज डटकमका प्रकाशक, सफल बिज लिंकका कार्यकारी निर्देशक तथा सफल मिडिया हाउस प्रालिका अध्यक्ष समेत रहेका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व हुमागाईं लायन वर्ष २०२५–२६ को लागि डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका हुन्।

डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित लायन लिडर हुमागाई बिगत १९ वर्षदेखि लायन्समा निरन्तर सक्रिय छन् । ४५ वर्षअघि काभ्रे जिल्लाको कुशादेवीमा जन्मेका उनी विगत २३ वर्षदेखि पोखरामा बसोबास गरिरहेका छन् । उनी लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्वअध्यक्ष समेत हुन्।

यस्तै लायन वर्ष २०२५–२६ को लागि प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुयाँल निर्वाचित भएका छन् ।

इलेक्ट डिस्ट्रिक्ट गभर्नर हुमागाईले लायन वर्ष २०२५–२६ को डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरीमा ट्रिजा ढकाल, डिष्ट्रिक्ट कोषाध्यक्षमा रामकुमार लामिछाने, डिष्ट्रिक्ट चिफ एड्भाइजरमा टिकाराम सापकोटा, डिष्ट्रिक्ट चिफ पिआरोमा शैलेन्द्र दाहाल र डिष्ट्रिक्ट चिफ एडमिनिष्ट्रेटरमा हसन कुमार गोपाली मनोनित गरेका छन् ।

यसैबीच, लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको हालका गभर्नर लायन निरा बज्राचार्यको अध्यक्षतामा भएको उक्त महाधिवेशनबाट निर्वाचित गराएकोमा गभर्नर हुमागाईं र फष्ट लेडी सरिता दाहाल हुमागाईंले अग्रज लायन लिडर तथा सम्पूर्ण मतदाता लायनहरुप्रति आभार व्यक्त गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *