बाल गायक सचिन परियारको निधन

काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए।

त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको र अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ। उनले चर्चित टेलिशृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही भिडियो गीतमा अभिनय गरेका थिए।

‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *