नयाँ स्टक एक्स्चेन्ज खोल्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सरकारले नयाँ स्टक एक्स्चेन्ज खोल्न अनुमति दिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार कृष्णबहादुर थापाले सर्वोच्चमा रिट दायर गरेका हुन्।
ऐन–नियममा व्यवस्था नभई निर्देशिकामा मात्रै टेकेर नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागेको उनले रिटमा उल्लेख गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले पुस ५ गते नयाँ स्टक एक्स्चेन्जको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका, २०७९ मा रहेर नेपाल धितोपत्र बोर्डले २०७९ असोज २ गते सूचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्जका लागि आवेदन मागेको थियो। रिटमा उक्त सूचनाबमोजिम भएगरेका सम्पूर्ण कामकारबाहीहरू रद्द गरी निर्देशिका पनि खारेज गर्न माग गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *